images

२०८३ आश्विन २ गते

images
images
images

पाल्पाका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

पाल्पाका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • पाल्पा । पाल्पाका भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा दिएको हो ।जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये ६ वटा स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्वासीलाई निस्सा दिइएको छ ।हालसम्म जिल्लाको तिनाउ, निस्दी, रैनादेवी छहरा, रम्भा, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका भूमिहिन दलित र सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको समितिका सदस्य देवीलाल लामिछानेले जानकारी दिए ।

    images
    images

    हाल सम्म ६ वटा पालिकाका एक हजार बढी नागरिकलाई निस्सा वितरण गरिएको र बाँकी ४ पालिकाका नागरिकलाई यही भदाै १५ गतेसम्म निस्सा वितरण गरेर सक्ने उनले बताए ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको हो । निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

    अध्यक्ष अध्यक्ष श्रेष्ठले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने उनले बताए ।जग्गा प्राप्तीका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्राथमिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालका कुनैपनि ठाउँमा तोकिए त्यो ठाउँमा जग्गा पाउने लामिछानेको भनाइ छ । त्यस्तै अव्यवस्थितले बसिरहेको ठाउँमा मात्रै पाउने छन् । त्यो बाहेक अन्यत्र उनिहरुको लागि जग्गा वितरण हुने छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend