काठमाडौँः २७ साउन, संघीय संसद्का दुवै सदन–प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु हुने कार्यतालिका छ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, आव २०८०।८१ पेस गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ।
त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यो विधेयक राष्ट्रियसभाबाट उत्पत्ति भएको हो।
राष्ट्रियसभाको बैठकमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूची तय भएको छ।
आज दुवै सदनमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम पनि रहेको छ।




.gif)





