images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • आजदेखि तेह्रथुम पावरको हकप्रद सेयर...

आजदेखि तेह्रथुम पावरको हकप्रद सेयर लिलामीमा

आजदेखि तेह्रथुम पावरको हकप्रद सेयर लिलामीमा

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज साउन २७ गतेदेखि अवितरित हकप्रद सेयर लिलाममार्फत बिक्री थालेको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। सो समयमा आवेदन नपरेका ४ लाख १८ हजार ७३८ कित्ता सेयर अब लिलामी प्रक्रियाबाट बिक्रीमा आएका हुन्।

    images
    images

    लिलामी सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्नुपर्नेछ।आवेदनका लागि न्यूनतम १०० कित्ताको माग गर्नुपर्ने व्यवस्था गरिएको छ भने अधिकतम सेयर संख्यामा कुनै सीमा राखिएको छैन।

    यस लिलामीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालयसहित नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend