images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज यी नदीहरुमा बाढीको जोखिम, सतर्क...

आज यी नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह

आज यी नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू मध्यम वर्षा भइरहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी नदीको सहायक नदीको बहाव सतर्कता तह आसपास रहेको र नारायणी, बागमती, कर्णाली,महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरू को बहाव सतर्कता तह भन्दा तल रहेको छ।

    images
    images

    मंगलबार इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

    साथै ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend