images

२०८३ आश्विन २ गते

images
images
images

सागर डिष्टिलरीको पहिलो चरणको आईपीओ खुल्दै

सागर डिष्टिलरीको पहिलो चरणको आईपीओ खुल्दै

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको पहिलो चरणको आईपीओ भोलि साउन २८ गतेदेखि खुल्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट साउन १२ गते अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा १ लाख ४५ हजार २०० कित्ता निषकासन गर्न लागेको हो।यस आईपीओमा आवेदन दिदा कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्तासम्म माग गर्न सकिनेछ। यसमा साउन २८ गतेदेखि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

    images
    images

    कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी अनलाइनबाट सजिलै आवेदन दिन सक्नेछन्।

    यसमा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend