images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आजको मौसम सुनसरी र इलामका नदीहरूमा...

आजको मौसम सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार, स्थानीयलाई सतर्क रहन आग्रह

आजको मौसम सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार, स्थानीयलाई सतर्क रहन आग्रह

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँ, २८ साउन। जल तथा मौसम विज्ञान विभागले सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको जनाउँदै तटीय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images

    विभागका अनुसार, आज बुधबार बिहान ३ः१५ बजे सुनसरी जिल्लास्थित सार्दु खोलाको मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्दै निरन्तर बढिरहेको छ। नदी किनारको होचा भू–भागमा डुबानको जोखिम उच्च भएकाले त्यहाँ बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा सर्न र सतर्क रहन अनुरोध गरिएको छ।

    त्यस्तैगरि आज, इलाम जिल्लास्थित माई खोलाको चिसापानी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता सीमा नाघेको र अझै बढ्दो अवस्थामा रहेको विभागले जनाएको छ। डुबानको सम्भावना रहेका इलामका नदी तटीय क्षेत्रका बासिन्दालाई समेत बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

    images
    images

    विभागले आवश्यक सावधानी अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशनको पालना गर्न सबैमा आग्रह गरेको छ।हालसम्म सतर्क रहन अनुरोध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend