images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • नेपालकै एक ठुलो शैक्षिक मेला २०८२”...

नेपालकै एक ठुलो शैक्षिक मेला २०८२” कमलादीमा

नेपालकै एक ठुलो शैक्षिक मेला २०८२” कमलादीमा

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँ, साउन २८, काठमाडौँको मुटु कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा आज एकदिने भव्य शैक्षिक मेला “काठमाडौँ शैक्षिक मेला २०८२” आयोजना गरिएको छ।"THRIVE Crafting Career – THRIVE!" भन्ने मूल नारासहित सम्पन्न भएको यस मेलाले हजारौं विद्यार्थी, अभिभावक र शैक्षिक सरोकारवालाहरूलाई एकै थलोमा समेटेको छ।

    images
    images

    बिहान ९ बजेबाट सुरु भई साँझ ६ बजेसम्म सञ्चालन भएको मेलामा देशभरका अग्रणी शैक्षिक संस्थाहरूको सहभागिता रहेको छ। मेलामा “ग्रोथ कार्निभल” को रूपमा विभिन्न कार्यशाला, करियर काउन्सेलिङ, इन्टरेक्टिभ सेसन, तथा प्रेरणादायी वक्तृत्व कार्यक्रमहरू सञ्चालन गरिएका छन।

    शिक्षा क्षेत्रमा अद्यावधिक जानकारी, अवसर र मार्गदर्शन, मेलाको उद्देश्य विद्यार्थीहरूलाई शिक्षा क्षेत्रको वर्तमान प्रवृत्ति, आगामी अवसरहरू तथा सम्भावित चुनौतीहरूबारे जानकारी प्रदान गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ। सहभागीहरूका अनुसार, मेलाले भविष्यको अध्ययन तथा करियर योजना बनाउन सहयोग पुग्ने किसिमका कार्यक्रमहरू समेटेको उल्लेख छ।

    images
    images

    काठमाडौँ शैक्षिक मेलाः एक उदीयमान शैक्षिक प्लेटफर्म,केही वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको काठमाडौँ शैक्षिक मेला अब नेपालकै एक प्रभावशाली र चर्चित शैक्षिक मेलाको रूपमा स्थापित हुँदै गएको छ। विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र सम्भावना अनुरूपको अध्ययन तथा करियर विकल्प छान्न मार्गदर्शन दिने यो मेला, शिक्षाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend