विराटनगर । सुनसरीको झुम्का कारागारबाट एकजना कैदी फरार भएका छन् । जबरजस्ती करणी अभियोगमा दोषी ठहर भएका खोटाङका दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्री मंलबार राति फरार भएका हुन् ।खत्री कारागारको 'बी' ब्लकबाट पर्खाल नाघेर भागेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।
सामूहिक बलात्कारको घटनामा दोषी ठहर भएका खत्रीलाई जिल्ला अदालत सुनसरीले ०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो । उनी ०८१ साउन २१ गतेदेखि झुम्का कारागारमा थुनामा थिए ।उनी फरार भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।




.gif)



