images

२०८३ आश्विन २ गते

images
images
images

नेपाल वायुसेवा निगमलाई ओम्नीले ६ वर्षदेखि तिरेन झण्डै दुई करोड हवाई भाडा

नेपाल वायुसेवा निगमलाई ओम्नीले ६ वर्षदेखि तिरेन झण्डै दुई करोड हवाई भाडा

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं ।  ओबीबीसीआई (ओम्नी) ग्रुपले लामो समयदेखि नेपाल वायुसेवा निगमलाई करोडौँ हवाइ भाडा बुझाएको छैन । ओम्नी ग्रुपले कोभिड महामारीको समयमा चीन उडानको क्रममा निगमको जहाज चाटर्ड फ्लाइट गरेर अहिलेसम्म हवाइ भाडा नतिरेको हो ।वायुसेवा निगमले ओम्नी र नेपाल सरकारको नाममा वि.सं. २०७६ चीन (कोभिड) शीर्षकमा १ करोड ९४ लाख बक्यौताको अभिलेख राखेको छ ।

    images
    images

    तत्कालीन केपी ओली नेतृत्व सरकार मातहतको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले औषधी तथा मेडिकल सामग्री खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मेडिकल सामग्री  खरिद प्रक्रियामा सहभागी भएको ओम्नी ग्रुपले २०७६ चैत १५ गते निगमको जहाज चार्टर उडान गरिएको थियो । सो उडानमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जमानी बसेका थिए ।

    तत्कालीन सरकारसँगको सेटिङमा बजार मूल्य भन्दा महँगोमा मेडिकल सामग्री खरिदको आरोप समेत ओम्नी ग्रुपलाई लागेको थियो ।वायुसेवा निगमले ओम्नी ग्रुप बाहेक सन् २००५ को समयको तत्कालीन सरकार प्रमुखसँग चार करोड ८७ लाख, सन् २०२२ मा पाकिस्तान बाढी राहत सामग्रीको पुर्याउन जाँदा एक करोड १४ लाख र सन् २०२३ मा इजरायल–गाजा युद्ध उद्धार उडानको पाँच करोड ७८ लाख गरी १३ करोड ७३ लाख रुपैयाँ सरकारसँग बक्यौता रहेको अभिलेख राखेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend