images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम...

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) भर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई साउन २६ गतेदेखि आईपीओ बिक्री गरेको थियो ।कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रकम बराबरको १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्काशन गरेको हो ।

    images
    images

    जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरेको छ ।साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई शेयर बाँडफाँड गरे पश्चात बाँकी सर्वसाधारणलाई १५ करोड ४ लाख ७० हजार ७०० रुपैयाँ रुपैयाँ बराबरको शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ खुलेको हो ।

    १५ लाख ४ हजार ७०६ कित्ता शेयरमध्ये १ लाख ५० हजार ४७१ कित्ता (१० प्रतिशत) विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ३० हजार ९५ कित्ता (२ प्रतिशत) कर्मचारीहरूलाई र ७५ हजार २३६ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो ।बचेको बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend