काठमाडौँ । सरकारले स्वास्थ्य समूहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय तथा प्रदेश तहका मन्त्रालयका सहसचिवहरूको सरुवा तथा काजमा खटाएको हो ।मन्त्रिपरिषद्को निर्णयअनुसार कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सरुवा गरिएको हो । निर्वाचन आयोगमा रहेकी सहसचिव निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, राष्ट्रिय योजना आयोगमा कार्यरत हेमराज सुवेदीलाई पनि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । मधेस प्रदेश मुख्यमन्त्री कार्यालयमा रहेका सहसचिव डाक्टर श्रवणकुमार मिश्रलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।स्वास्थ्य मन्त्रालयका सहसचिव ऋषिराज आचार्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । अर्का सह सचिव डाक्टर यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा पठाइएको छ ।




.gif)



