images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • युक्रेनलाई ५० करोड डलरको सहायता दिँदै...

युक्रेनलाई ५० करोड डलरको सहायता दिँदै जर्मनी

युक्रेनलाई ५० करोड डलरको सहायता दिँदै जर्मनी

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • बर्लिन । रुस र युक्रेनबिचको द्वन्द्वका कारण अवस्था दिन प्रतिदिन डरलाग्दो हुँदै गइरहेको छ । यसैबिच, जर्मनीले बुधबार युक्रेनलाई ५० करोड अमेरिकी डलरसम्मको सैन्य सहायता प्रदान गर्ने घोषणा गरेको छ । यो सहायता नेटोको नयाँ आपूर्ति मार्ग मार्फत प्रदान गरिने समाचारमा उल्लेख छ  । जर्मनीले यसमा पश्चिमी देशहरूको समूहसँग मिलेर काम गर्नेछ । यो सहायता विशेष गरी हवाई रक्षा प्रणालीमा केन्द्रित हुनेछ जर्मनीको विदेश र रक्षा मन्त्रालयले बताउका छन् । युक्रेनलाई रुसको निरन्तर हवाई आक्रमणबाट जोगाउन यो सहायता आवश्यक रहेको बताइएको छ । 

    images
    images

    संयुक्त राष्ट्र संघका अनुसार, रुसको आक्रमणमा अहिलेसम्म १२ हजारभन्दा बढी युक्रेनी नागरिकहरूले आफ्नो ज्यान गुमाएका छन् । यही महिना दुई पटक ठुला सैन्य उपकरणहरू पठाइनेछ । जसमध्ये धेरैजसो अमेरिकाबाट खरिद गरिएको उपकरण हुनेछ । नोर्डिक देशहरूको सहयोग सेप्टेम्बरमा आउने सम्भावना रहेको भनिएको छ । तर, जर्मनीले यी सहायता पठाउन लागेका देशहरूको नाम खुलासा गरेको छैन । 

    २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म जर्मनीले युक्रेनलाई लगभग ४० अर्ब युरो बराबरको सैन्य सहायता दिएको वा दिने वाचा गरेको छ । सबै हतियार र उपकरणहरू युद्धमा युक्रेनको आवश्यकताको आधारमा दिइनेछ । यसअघि नेदरल्याण्ड्सले ५० करोड डलर बराबरको हवाई रक्षा प्रणाली, गोला बारुद र अन्य सैन्य उपकरणहरू दिने वाचा गरेको थियो । स्विडेन, डेनमार्क र नर्वेले पनि मिलेर ५० करोड डलर बराबरको हतियार, हवाई रक्षा र स्पेयर पार्ट्स दिने योजना बनाएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend