images

२०८३ आश्विन २ गते

images
images
images

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँः ०१ भाद, पाल्पामा ऐतिहासिक भगवती जात्राको अवसरमा आज (आइतबार) लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images
    images

    Surya dave sunday.jpg

    नेपाल–अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष आयोजना हुने भगवती जात्रा (रथयात्रा) का कारण प्रदेश सरकारले भाद ०१ गते (आइतबार) बिदा दिने निर्णय गरेको हो।

    images
    images

    श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा यो जात्रा हरेक वर्ष भव्य रूपमा मनाइँदै आएको छ। समितिका अध्यक्ष अशोककुमार महर्जनका अनुसार यस वर्षको २०६औँ भगवती खट यात्रा को सम्पूर्ण तयारी पूरा भइसकेको छ।

    किंवदन्ती अनुसार, नेपाल–अङ्ग्रेज युद्धका पालामा पाल्पाका तत्कालीन कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा विजय प्राप्त गरेपछि भगवतीको सम्मानमा तीन तले मन्दिर बनाएर सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए। सोही भाकल अनुसार विसं १८७७ बाट यो जात्राको परम्परा सुरु गरिएको थियो।

    स्थानीय बासिन्दा, भक्तजन र विभिन्न समुदायको सहभागितामा निकालिने यो रथयात्राले भगवतीको महिमाको प्रचार–प्रसार मात्र होइन, धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend