images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आजको मौसम एक।दुई स्थानमा भारी वर्षाको...

आजको मौसम एक।दुई स्थानमा भारी वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम एक।दुई स्थानमा भारी वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँ, ०१ भाद्र, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेकोले नेपालमा मनसुन प्रणाली केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका विभिन्न स्थानहरूमा वर्षा जारी रहेको छ।

    images
    images

    महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका तराई तथा पहाडी भूभाग, साथै अन्य प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

    images
    images

    आज राति पनि देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको पहाडी र तराई भूभागमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

    मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend