काठमाडौं । काठमाडौं महानगरपालिका-२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आइफोनमा पाँच प्रतिशत र म्याकबुकमा २० प्रतिशत तथा आइफोन र म्याकबुकका सामग्रीहरूमा छुट पाउने भएका छन्।
त्यसैगरी क्रेडिटकार्ड होल्डरहरुलाई इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन्। सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ।
सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंक लिमिटेडका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठको हस्ताक्षर भयो।




.gif)





