काठमाडौँः ०१ भाद्र, इजरायली हमास समूहद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि उनका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति सँग भेटवार्ता गरेका छन्।
आइतबार सम्पन्न शिष्टाचार भेटवार्तामा जोशी परिवार सँगै इजरायलस्थित नेपाली राजदूत धन प्रसाद पण्डित पनि सहभागी थिए।
विपिनकी आमाले छोरा बन्धक भएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि केही अत्तोपत्तो नलागेको बताउँदै इजरायली राष्ट्रपति इसाक हरजग सँग छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरिन्।
भेटमा विपिनकी बहिनी पुष्पाले “मेरो दाजु एक विद्यार्थीका रूपमा ुसिक्दै कमाउँदैु कार्यक्रममा इजरायल आएका थिए। कृपया उहाँको रिहाइका लागि सक्दो पहल गरिदिनुहोस्,” भन्दै भावुक अनुरोध गरिन्।
राजदूत पण्डितले समेत इजरायली सरकार र सुरक्षा सम्बन्धी निकायहरू मार्फत विपिनको अवस्थाबारे जानकारी दिन पुनः आग्रह गरे।
राष्ट्रपति हरजगले विपिनलाई “आफ्नै नागरिकजस्तो लाग्ने” भन्दै बन्धक मुक्तिका लागि इजरायली सरकारले आवश्यक कूटनीतिक र सुरक्षा प्रयास जारी राखेको जानकारी दिए।
जोशी परिवारले आजै इजरायली संसदका अध्यक्ष अमिर ओहना सँग पनि भेट गरी विपिनको रिहाइका लागि थप सहयोगको माग गरेका छन्।
बाजुरा निवासी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत वि.सं. २०८० सालको ८८असोज २० गते (शनिबार)८८देखि इजरायलमा रहेका थिए। सोही दिन देखि उनी परिवारको सम्पर्कमा छैनन्। हमास हमला भएको दिन देखि उनी हराइरहेका छन् भन्ने अनुमान छ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न इजरायली सरकारले नै आमाबहिनीलाई इजरायल आमन्त्रण गरेको हो।




.gif)





