काठमाडौंः भदौ ३, परराष्ट्रमन्त्री डा.आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल गरिरहेको जानकारी दिएकी छन्।
मन्त्री डा.आरजु राणाका अनुसार, परराष्ट्र मन्त्रालयले जोशीको सकुशल रिहाइका लागि विभिन्न कूटनीतिक माध्यमबाट प्रयास जारी राखेको छ। उनले भनिन्, “हामीले अन्तर्राष्ट्रिय निकायहरू सँग निरन्तर सम्पर्कमा रही, विपिन जोशीको सुरक्षित उद्धारका लागि सबै सम्भव प्रयास गरिरहेका छौं।”
२०८० असोज २० गते इजरायलस्थित एक कृषि फार्ममा हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको थियो भने विपिन जोशी अपहरणमा परेका थिए। जोशी हाल पनि हमास समूहको नियन्त्रणमै रहेको जनाइएको छ।
सरकारले यस घटनालाई गम्भीरताका साथ लिएर प्रारम्भ देखि नै अन्तर्राष्ट्रिय समुदाय, इजरायली सरकार र विभिन्न माध्यम मार्फत जोशीको अवस्थाबारे जानकारी लिँदै आएको छ।




.gif)





