images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज...

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेकोमा आवेदन दिन मंगलबार अन्तिम दिन रहेको छ ।कम्पनीले जारी पुँजीको ४० प्रतिशत हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

    images
    images

    निष्कासन गर्नेमध्ये ०.५० प्रतिशत हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि, १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका खुलाएर बाँडफाँड गरिएको छ ।बाँकी १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि शुक्रबारबाट आईपीओ खुला गरिएको हो । लघुवित्तको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको छ ।

    आईपीओमा पुरा आवेदन नपरेको खण्डमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि असार ५ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।लघुवित्तको केन्द्रीय कार्यालय सिरहा जिल्लाको लहान नगरपालिका– ८ मा रहेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend