images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड...

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै  प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो ।

    images
    images

    विभागले सूचनामा भनेको छ,‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई  हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

    २०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गते देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही अनुसार सवारी दर्ता, नामसारी, र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सवारी धनीलाई निर्देशन दिइएको हो ।

    images
    images

    530951712_1290111722715127_1406420267146395571_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend