images

२०८३ आश्विन २ गते

images
images
images

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७  दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ ।

    images
    images

    भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।  कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड राजस्व संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए । विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend