नागरिक लगानी कोषको संचालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई १ भदौको उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।
त्रिभुवन विश्व विद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए ।
घिमिरेले यस अघि केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धान लगायत अन्य विभागमा कार्य समेत गरेका थिए ।




.gif)





