images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति...

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

images
images
अर्थ समाचार
शुक्रवार, भाद्र ६ २०८२
अर्थ समाचार
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ । भदौ ६, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

    images
    images

    प्रहरीको अनुसार पक्राउ पर्ने व्यक्ति ताप्लेजुङ जिल्ला, सिरिजंघा गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौँ महानगरपालिका–१ नक्साल बसोबास गर्दै आएका ३८ वर्षीय साहारा सुब्बा (थेवे) हुन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले दिएका जानकारी अनुसार, दीपक थापा लगायतको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलको पत्र अनुसार सुब्बालाई ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको हो।

    images
    images

    सूचना अधिकारी आचार्यले भने, “वादी नेपाल सरकार र प्रतिवादी साहारा सुब्बा रहेको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।”

    पक्राउ परेका सुब्बालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि बिहीबार नै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend