images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज यी नदीमा बाढीको जोखिम, सतर्क...

आज यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

आज यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images
    images

    आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र महाकाली नदीको बहाव सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।आइतबार सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

    साथै नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend