images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस...

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यावसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

    images
    images

    एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    स्याउको राजधानीको रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइका लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाका साथ मिश्रित नयाँ गन्तव्य हुनसक्छ । प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबिच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend