images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गाजाका लागि व्यापक योजना बनाउन ह्वाइट...

गाजाका लागि व्यापक योजना बनाउन ह्वाइट हाउसमा ‘ठुलो बैठक’

गाजाका लागि व्यापक योजना बनाउन ह्वाइट हाउसमा ‘ठुलो बैठक’

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • वासिङ्टन डीसी । अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठुलो बैठक’ को अध्यक्षता गर्ने घोषणा गरेका छन् । बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा छलफल हुनेछ । टाइम्स अफ इजरायलले फक्स न्युजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।टाइम्स अफ इजरायलका अनुसार, विटकफले युद्धपछिको व्यवस्थापनका लागि अमेरिकी योजनाको अस्तित्व सार्वजनिक गरेको यो पहिलो पटक हो । ‘धेरै मानिसले यो योजना कति बलियो छ र यसको अर्थ कति राम्रो छ भनेर हेर्नेछन् । यसले राष्ट्रपति ट्रम्पको मानवीय उद्देश्यहरूलाई प्रतिबिम्बित गर्छ’, विटकफले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भने । 

    images
    images

    उनले युद्धविराम सम्झौताबारे ट्रम्प प्रशासनको आधिकारिक धारणा दोहोर्‍याउँदै आंशिक गाजा बन्धक सम्झौताका विपक्षमा रहेको समेत बताए ।यसअघि हमासले अगस्ट १८ मा अरब मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्ताव स्वीकार गरेको थियो । तर, ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ‘हमासलाई पूर्ण रूपमा ध्वस्त पारेपछि मात्र बन्धकहरूलाई मुक्त गर्नुपर्छ’ भन्ने धारणा राख्दै आंशिक सम्झौताविरुद्ध समर्थन जनाएका थिए । यद्यपि, टाइम्स अफ इजरायलका अनुसार ह्वाइट हाउसले पछिल्लो चरणबद्ध बन्धक सम्झौता प्रस्तावको समीक्षा गरिरहेको बताएको छ । हमासले ६० दिनको प्रस्ताव स्वीकार गरे पनि विटकफले सम्झौताको ढिलाइका लागि लडाकु सङ्गठनलाई दोष दिए । उनले भने, ‘उनीहरूले गत महिना प्रक्रिया ढिलो पार्न खोजे ।’

    उनका अनुसार इजरायलले तीव्र दबाब दिएपछि मात्रै हमासले यो प्रस्ताव स्वीकार गरेको हो । ‘अब हामी त्यो सम्झौता स्वीकार गर्छौं भन्ने कुरा हमासले गरिरहेको छ । मलाई लाग्छ उनीहरूले यसरी भन्नुको कारण इजरायलीहरूको तीव्र दबाब हो’, उनले फक्ससँग भने ।तर, इजरायलले यो सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा उनले केही टिप्पणी गरेनन् । इजरायलले हालसम्म सम्झौता स्वीकार गरेको छैन र आफ्नो गाजा निकासी योजनाको एक अंशका रूपमा हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यसहित स्थल अभियान चलाइरहेको छ ।

    images
    images

    सोमबार बिहानदेखि गाजामा भएका इजरायली आक्रमणले कम्तीमा ६१ जनाको मृत्यु भएको छ, जसमा सात जना सहायता खोज्ने क्रममा मारिएका थिए । गाजाको नागरिक सुरक्षाले अगस्ट ६ देखि इजरायलले गाजा सहरमा एक हजार भवन ध्वस्त पारेको बताएको छ । सयौँ मानिस भग्नावशेषमा फसेका छन् भने निरन्तर गोलाबारी र अवरुद्ध मार्गका कारण उद्धार तथा सहायता कार्यमा गम्भीर अवरोध भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend