images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बागमती नदीमा जलसतह बढ्दै, तटीय क्षेत्रमा...

बागमती नदीमा जलसतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बागमती नदीमा जलसतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । भदौ १२, काठमाडौँको गौरीघाटस्थित जलमापन केन्द्रमा बागमती नदीको जलसतह सतर्कता तह नाघेपछि जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images

    विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक सूचना जारी गर्दै नदीमा जलसतह बढ्दो क्रममा रहेकाले नदी किनार र आसपासका बासिन्दालाई सुरक्षित रहन सचेत गराएको हो।

    पछिल्लो तीन घण्टाको तथ्याङ्क अनुसार झापा जिल्लाको शनिश्चरे वर्षा मापन केन्द्रमा भारी वर्षा (५४ मिमि) मापन भएको छ भने पछिल्लो ६ घण्टामा १०३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। उक्त वर्षाका कारण झापा भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना रहेको चेतावनी पनि दिइएको छ।

    images
    images

    काठमाडौं उपत्यका सहित नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गुल्मी, लमजुङ, धादिङ, बारा लगायत जिल्लामा समेत मध्यम देखि भारी वर्षा भइरहेको छ। काठमाडौंमा पछिल्लो तीन घण्टामा ३४ मिमि र ६ घण्टामा ६१.४ मिमि वर्षा मापन भएको छ।

    महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशको कोशी, मधेस र बागमती प्रदेशमा सामान्य देखि मध्यम बदली र पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

    सूचना अधिकारी दिनकर कायस्थले देशभरको मौसम बदली रहेको र केही स्थानमा अझै भारी वर्षा जारी रहने सम्भावना रहेको जानकारी दिए।

    सार्वजनिक सुरक्षाका लागि नदी किनारमा नजान, आवश्यक सतर्कता अपनाउन तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न मौसम विभागले सबैलाई आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend