images

२०८३ आश्विन २ गते

images
images
images

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड हुने भएको छ ।

    images
    images

    कम्पनीले जारी पुँजीको ४० प्रतिशत हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

    निष्कासन मध्ये ०.५० प्रतिशत हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि, १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका खुलाएर बाँडफाँड गरिएको छ ।

    images
    images

    बाँकी १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि शुक्रबार आईपीओ खुला गरिएको थियो । लघुवित्तको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको छ ।ईपीओ निष्काशनका लागि असार ५ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । लघुवित्तको केन्द्रीय कार्यालय सिरहाको लहान नगरपालिका– ८ मा रहेको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend