images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • नेपालले गर्‍यो हालसम्मकै बढी विद्युत्...

नेपालले गर्‍यो हालसम्मकै बढी विद्युत् निर्यात, दैनिक १,१३० मेगावाट बिजुली बिक्री

नेपालले गर्‍यो हालसम्मकै बढी विद्युत् निर्यात, दैनिक १,१३० मेगावाट बिजुली बिक्री

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं  ।  नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ ।

    images
    images

    नेपालले यस अवधिमा करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री गर्नेछ, जसले ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यलाई सुदृढ बनाउने मन्त्री खड्काले बताएका छन् ।

    यसैबीच सरकारले पहिलो पटक दीर्घकालीन ऊर्जा मार्गचित्र–२०८१ ल्याएर २०३५ सम्मका लागि स्पष्ट लक्ष्य तय गरेको छ । सो लक्ष्यअनुसार, २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना छ ।  १० हजार मेगावाट र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको मन्त्री खड्काले जानकारी दिए । मन्त्री खड्काले भने, ‘सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धतामार्फत आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातमा क्षेत्रीय शक्ति राष्ट्र बनाउने हाम्रो लक्ष्य अवश्य पूरा हुनेछ ।

    images
    images

    ’नेपालको ऊर्जा निर्यातमा भएको यो नयाँ उपलब्धिलाई अर्थतन्त्रका लागि महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend