images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • प्रहरीले साउनमा विभिन्न कारबाहीमार्फत ६१ करोड...

प्रहरीले साउनमा विभिन्न कारबाहीमार्फत ६१ करोड राजस्व संकलन गर्‍यो

प्रहरीले साउनमा विभिन्न कारबाहीमार्फत ६१ करोड राजस्व संकलन गर्‍यो

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौ । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपाल प्रहरीले विभिन्न कारबाही मार्फत ६१ करोड ०९ लाख ५४ हजार ७४३ रुपैयाँ राजस्व संकलन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक गरेको तथ्यांक अनुसार ट्राफिक कारबाही, अवैध सामान बरामद देखि अदालत फैसलाको कार्यान्वयन सम्मका गतिविधिबाट उक्त राजस्व संकलन भएको हो ।सबैभन्दा बढी राजस्व अदालत फैसलाको कार्यान्वयनबाट २४ करोड ३९ लाख ४७ हजार ६८४ रुपैयाँ (३२.९३ प्रतिशत) राजस्व संकलन भएको छ । भने, ट्राफिक कारबाही मार्फत मात्र १० करोड ८८ हजार ५९४ रुपैयाँ (१६.३८ प्रतिशत) संकलन भएको छ ।

    images
    images

    त्यस्तै अवैध सुनचाँदी बरामदबाट १४ करोड ४५ लाख ५८ हजार ८७१ रुपैयाँ (२३.६६ प्रतिशत) र अवैध मालसामान बरामदबाट ९ करोड ७७ लाख १६४ रुपैयाँ (१५.९९ प्रतिशत) राजस्व संकलन भएको छ ।त्यस्तै श्रोत नखुलेको रकमबाट ८४ लाख ९२ हजार ४ सय १५ रुपैयाँ (१.३९ प्रतिशत), अवैध नदिजन्य पदार्थ उत्खननबाट २२ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ (०.३७ प्रतिशत), अवैध काठ बरामदबाट २५ लाख १९ हजार ९७३ रुपैयाँ (०.४१ प्रतिशत), अवैध पशुपन्छी ओसारपसारबाट ३० लाख ३७ हजार २९५ रुपैयाँ (०.५० प्रतिशत) राजस्व संकलन भएको विवरणमा उल्लेख छ ।

    त्यसैगरी अवैध मुद्रा बरामदबाट ३२ लाख ६६ हजार ४ सय रुपैयाँ (०.५३ प्रतिशत) र हुण्डी कारोबारबाट ५० लाख ८१ हजार रुपैयाँ (०.८३ प्रतिशत), राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend