images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • न्वागी (छोनाम)को अवसरमा गण्डकी गाउँपालिकामा सार्वजनिक...

न्वागी (छोनाम)को अवसरमा गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा

न्वागी (छोनाम)को अवसरमा गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौँ । भदौ १९, गोरखाको गण्डकी गाउँपालिकाले चेपाङ समुदायको सबैभन्दा ठूलो पर्व न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै आइतबार पालिका अन्तर्गतका सबै कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा हुने जानकारी गराएको हो।

    images
    images

    गण्डकी गाउँपालिकाको वडा नं. १, ३, ६ र ७ मा अल्पसंख्यक तथा अति सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ। यस्तै, छिमेकी सहिद लखन गाउँपालिकाको वडा नं. ४ र ५ मा पनि चेपाङ समुदायको उपस्थिती छ।

    प्रत्येक वर्ष भदौ २२ गते चेपाङ समुदायले सामूहिक रूपमा न्वागी (छोनाम) पर्व मनाउने परम्परा छ। नयाँ अन्न भित्र्याउने यस पर्वमा उनीहरू आफ्ना देवी–देवतालाई पूजा अर्पण गरी नयाँ अन्न चाख्ने चलन राख्छन्। समुदायको सांस्कृतिक परम्पराको संरक्षण र सम्मान स्वरूप गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend