काठमाडौं । सरकारले दिएको समयसीमाभित्र दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्म आजदेखि बन्द हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकेको जानकारी दिएका छन् ।
उनका अनुसार २६ वटा सामाजिक सञ्जा प्लेटफर्म बन्द गर्न निर्देशन दिइएको छ । त्यसमध्ये सूचीकरण भएका टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ भने सञ्चालन हुने छ । तीबाहेक सूचीकरण नभएका फेसबुक युट्युब लगायत सामाजिक सञ्जाल भने बन्द गर्न सरकारले निर्देशन दिइसकेको छ ।
फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, लिंक इड,स्न्याप चयाट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो बन्द गर्न लागिएको छ ।




.gif)





