images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय...

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय रास्वपाले प्रतिवाद गर्ने

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय रास्वपाले प्रतिवाद गर्ने

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीले यस निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध मानेको छ ।पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ-'सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान-प्रदानको प्रमुख माध्यम बनेको छ । यसलाई एकपक्षीय रूपमा बन्देज लगाउनु जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो ।'

    images
    images

    रास्वपाले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड भएको र यसलाई नियन्त्रण गर्ने, बन्देज गर्ने वा सङ्कुचित गर्ने कार्य भएको भन्दै आपत्ति प्रकट गरेको छ । 'नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ को सूचना तथा सञ्चारको हकलाई मौलिक हकमा प्रत्यक्ष रूपमा प्रत्याभूत गरेको छ । यसैविपरीत नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको यसप्रकारको कदमले संवैधानिक वैधतामाथि नै प्रश्न उठाएको छ', विज्ञप्तिमा भनिएको छ । नागरिक अधिकार कुण्ठित गर्ने निर्णयको कडा प्रतिवाद गर्ने पनि पार्टीले जनाएको छ । 

    541179647_1422263982405508_3624124285921384963_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend