images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको...

गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त

गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • रफाह । इजरायली सेनाले गाजा सहरमा एउटा अग्लो भवन ध्वस्त पारेको छ । सुसी टावर नाम गरेको त्यो भवनलाई लक्षित गरिएको यो लगातार दोस्रो दिन हो । रक्षामन्त्री इजरायल काट्जले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भवन भत्किएको भिडियो शेयर गरेका छन् । सो भवनलाई हमासले प्रयोग गरिरहेको इजरायल रक्षा बल (आईडीएफ)को भनाइ थियो । तर हमासले भने यो दाबीलाई अस्वीकार गरेको छ । 

    images
    images

    आक्रमणमा कोही हताहत भएका छन् कि छैनन् भन्ने कुरा स्पष्ट भएको छैन । शनिबारको आक्रमण अघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपील गर्ने पर्चाहरू खसालेको थियो । गाजाको दक्षिण क्षेत्रलाई इजरायलले मानवीय क्षेत्र भन्छ । 

    सुसी टावर पछिल्ला केही दिनहरूमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरिएको थियो, जसमा सहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठुलो विस्फोट पछि ढलेको देखाइएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend