काठमाडौँ । भदौ २६, नेपाल प्रहरीले भदौ २३ गतेदेखि २५ गतेसम्मको प्रदर्शनको क्रममा लुटपाट वा नियन्त्रणमा लिइएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ।
प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीको हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब तथा अन्य भौतिक सामग्रीहरू कसैले नियन्त्रणमा लिएको वा कतै फेला परेको अवस्थामा ती सामानहरू तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको हो।
प्रहरीले उक्त सामग्रीहरू स्थानीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वा नेपाल प्रहरी कन्ट्रोल १००, टोल–फ्री नम्बर १६६००१४१५१६, वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी बुझाउन सकिने जनाएको छ।
विज्ञप्तिमा यस्ता लुटिएका वा फेला परेका सामानहरू स्वेच्छाले फिर्ता गरेमा कानुनी सहुलियत समेत पाउने संकेत गरिएको छ।




.gif)





