images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • झापा इनर्जीको आईपीओ दिने अन्तिम दिन...

झापा इनर्जीको आईपीओ दिने अन्तिम दिन आज

झापा इनर्जीको आईपीओ दिने अन्तिम दिन आज

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप भएको छ ।कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेन–जीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको छ । कम्पनीको आईपीओमा सोमबारसम्म आवेदन दिन सकिने छ ।कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

    images
    images

    कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावितलाई तीन लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर बिक्री गरेको छ ।आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म बिक्री खुला गरिएको थियो । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend