images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त काभ्रेका सरकारी...

‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त काभ्रेका सरकारी कार्यालयले सेवा दिँदै

‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त काभ्रेका सरकारी कार्यालयले सेवा दिँदै

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काभ्रेपलाञ्चोक । हालैको ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी गरेका छन् । क्षतिग्रस्त प्रहरी कार्यालय तथा स्थानीय तहले वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गर्न लागेका हुन् । बनेपामा रहेका क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई साँगा प्रहरी चौकीमा स्थानान्तरण गरी सेवा नियमित गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले आजदेखि क्षतिग्रस्त कार्यालय मर्मत नभएसम्मका लागि ती दुई कार्यालयका सेवालाई नियमित गर्न लागिएको बताए । 

    images
    images

     यस्तै क्षतिग्रस्त इलाका प्रहरी कार्यालय पाँचखाल कार्यालयलाई पनि नजिकै अस्थायी रुपमा भाडामा लिई सेवा नियमित गर्न लागिएको हो । यसअघि दुई कार्यालयका काम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयद्वारा खटाइएको हो । जिल्ला सुरक्षा समितिको निरीक्षणपछि पूर्णरुपमा क्षतिग्रस्त इप्रका पाँचखालको भवन हटाएर नयाँ बनाउने योजना बनाइने भएको शाहले बताए । यस्तै हिगुवापाटीस्थित प्रहरी चौकीलाई पनि मर्मत नभएसम्म वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गरिएको प्रहरी उपरीक्षक शाहको भनाइ छ । 

    यसैगरी प्रदर्शकारीबाट आंशिक क्षति पुगेको पनौती नगरपालिकाले आफ्नो सेवा आजबाट नियमित गर्ने जनाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माका अनुसार आजैबाट नगरभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरुले सेवा नियमित गर्न अनुरोध गरिएको छ । प्रदर्शनकारीबाट पूर्णपमा क्षति प¥याइएको बनेपा नगरपालिकाले भने आइतबारदेखि स्वास्थ्य शाखाको छुट्टै भवनबाट अत्यावश्यक सेवा सुरु गरेको जनाएको छ । सदरमुकाम धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालयहरुको सेवा पनि आइतबार नियमित गराइएको थियो । स्थानीय प्रशासनको प्रारम्भिक विवरण अनुसार प्रदर्शनका क्रममा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति प¥याइएको छ, भने दर्जनौँ सवारी साधानमा आगजनी गरिएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा यहाँका दुई जनाले काठमाडौँमा ज्यान गुमाएका छन् । 

    images
    images

    यसैबीच ‘जेनजी’ आन्दोलनका क्रममा यहाँमा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण आइतबारदेखि सङ्कलन गर्न थालिएको छ । स्थानीय प्रशासनको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिको सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन कार्य थालिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए । उनका अनुसार प्रशासनको समन्वयमा सम्बन्धित सरकारी कार्यालयले आफैँ विस्तृत क्षतिको विवरण सङ्कलन गरी कार्यालयका पठाउनेछन् भने तथा व्यक्तिका क्षतिको हकमा भने स्थानीय प्रहरी तथा जनप्रतिनिधिको सहभागितामा क्षतिको विवरण सङ्कलन हुनेछ। करिब एक हप्तामा जिल्लाको सबै संरचनाको क्षतिको विवरण सङ्कलन भइसक्ने उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend