images

२०८३ आश्विन २ गते

images
images
images

बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा

बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौ । भदौ ३१, काभ्रेपलाञ्चोक, मनसुनको कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुनको सक्रियता घट्दै गएको र दसैँ–तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै यात्रुको सहजता र सुरक्षा सुनिश्चित गर्न राजमार्ग खुला गर्ने निर्णय गरेको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, गत असार ७ गतेदेखि सुरु गरिएको राति १२ घण्टा सवारी रोक को निर्णयलाई अब भदौ मसान्त पछि खारेज गरिनेछ।

    images
    images

    मनसुनका बेला बाढीपहिरोको जोखिम उच्च देखिएकाले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्म रातको समयमा आवागमन रोकिएको थियो। यो निर्णय काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिफारिसमा गरिएको हो।

    पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक जारी गरिएको थियो। यसबीचमा प्रशासनले नागरिकलाई पटकपटक सचेत गराउँदै सवारी नचलाउन अनुरोध गर्दै आएको थियो।

    गत वर्ष असोजमा आएको बाढीपहिरोका कारण चौकीडाँडा देखि वर्षेखोला सम्मको ८ किलोमिटर सडक पूर्णतः बगाएको थियो। सिन्धुलीको खुर्कोटदेखि काभ्रेको धुलिखेल सम्मका ८४ किमी क्षेत्रमा विभिन्न स्थानमा गम्भीर क्षति पुगेको थियो। हाल क्षतिग्रस्त सडक स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

    पूर्वी नेपाल जोड्ने मुख्य छोटो दूरीको राजमार्ग भएकाले बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend