images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • विदेशमा रहेका हमास नेतामाथि थप आक्रमण...

विदेशमा रहेका हमास नेतामाथि थप आक्रमण गर्न सक्ने नेतान्याहुको संकेत

विदेशमा रहेका हमास नेतामाथि थप आक्रमण गर्न सक्ने नेतान्याहुको संकेत

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशमा रहेका हमास नेताहरुमाथि थप आक्रमण गर्न सक्ने संकेत दिएका छन् । गत साता कतारमा हमासका नेताहरूलाई निशाना बनाउँदै इजरायलले आक्रमण गरेको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबिओसँग जेरुसलेममा आयोजित पत्रकार सम्मेलनमा नेतान्याहुले हरेक देशसँग आफ्नो सीमाभन्दा बाहिर गएर पनि आफ्नो रक्षा गर्ने अधिकार रहने जिकिर गरे । अमेरिकाको एक निकट साझेदार देश कतारमा रहेका हमास नेताहरूलाई लक्षित गर्ने इजरायलको निर्णयको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भइरहेको छ । गत साताको आक्रमणमा ६ जना मारिए पनि हमास नेताहरु भने बच्न सफल भएको बताइएको छ ।

    images
    images

    ट्रम्पले उक्त आक्रमणपछि कतारमा कुनै पनि यस्तो घटना नहुने भनेर आश्वस्त पारेको केही दिनमै नेतान्याहुको यस्तो चेतावनी आएको छ । नेतान्याहुले पत्रकारहरूलाई भने, ‘हामीले यो आफ्नै बलमा गर्‍यौँ । कुरा सकियो ।’ बीबीसीले कतारमा भएको उक्त हमलाले उक्त क्षेत्रमा अमेरिकी सम्बन्धलाई क्षति पुर्‍याएको छ कि छैन भन्ने प्रश्न सोध्दा रुबिओले वाशिङ्टनले खाडी सहयोगीहरूसँग बलियो सम्बन्ध कायम राखेको जवाफ दिएका थिए । 

    कतारको समर्थनमा अरब नेताहरूले शिखर सम्मेलन भइरहँदा उनीहरूको भेट भएको थियो । जहाँ कतारी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ लागु गर्ने काम बन्द गर्न र इजरायललाई दण्डित गर्न आह्वान गरेका थिए । कतारमा अमेरिकाको मुख्य हवाई अड्डा छ । उसले गाजामा युद्ध अन्त्य गर्न मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । दोहाले हमास र इजरायलबिचको अप्रत्यक्ष वार्ताको मध्यस्थकर्ताको रूपमा काम गर्दै आएको छ । उसले सन् २०१२ देखि हमासको राजनीतिक ब्युरोलाई आश्रय दिँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार रुबिओ इजरायलपछि कतार पुग्दैछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend