images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • रौतहटको चन्द्रपुरमा लगातार भारी वर्षा, साना...

रौतहटको चन्द्रपुरमा लगातार भारी वर्षा, साना खोलामा आकस्मिक बाढीको जोखिम

रौतहटको चन्द्रपुरमा लगातार भारी वर्षा, साना खोलामा आकस्मिक बाढीको जोखिम

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । पछिल्लो ६ घण्टादेखि रौतहट जिल्लाको चन्द्रपुर मापन केन्द्रमा लगातार भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आगामी केही घण्टासम्म वर्षा अझै जारी रहने सम्भावना छ।

    images
    images

    विभागले बिहीबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, वर्षाको प्रभावले चन्द्रपुर क्षेत्र भएर बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम छ। यस कारण विभागले सो क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमबाट जोगिन स्थानीय प्रशासनसँग समन्वय गरेर सुरक्षा उपाय अवलम्बन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend