images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज देशभरका यी नदीमा बाढीको जोखिम,...

आज देशभरका यी नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

आज देशभरका यी नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश,बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ तथा कमला नदीको बहाव सतर्कता तहको आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    images
    images

    आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।त्यसै गरी इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया दाङ, सुर्खेत, जाजरकोट, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend