रियाद । साउदी अरबका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई रणनीतिक पारस्परिक रक्षा सम्झौता भनिएको छ । सम्झौता अन्तर्गत कुनै पनि एक देशमाथि हुने आक्रमणलाई दुवै देशमाथिको आक्रमण मानिनेछ । सम्झौता प्रधानमन्त्री शाहबाज शरीफको साउदी अरेबिया भ्रमणको क्रममा भएको हो । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले रियादको अल–यामामा दरबारमा शाहबाज शरीफलाई स्वागत गरेका थिए ।
भेटघाटको क्रममा दुई नेताहरूले आफ्नो सम्बन्धलाई सुदृढ पार्ने बारेमा छलफल गरे । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्– ‘दुई देशहरूबिच झन्डै ८० वर्ष पुरानो सम्बन्ध छ, जुन भ्रातृत्व, इस्लामिक ऐक्यबद्धता र रणनीतिक सहयोगमा आधारित छ ।’ सम्झौताले रक्षा सहयोग बढाउने, सो क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको दारले बताएका छन् ।




.gif)



