images

२०८३ आश्विन २ गते

images
images
images

बाजुराका कैदीबन्दीलाई अछाम र नेपालगञ्ज सरुवा

बाजुराका कैदीबन्दीलाई अछाम र नेपालगञ्ज सरुवा

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • बाजुरा । बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई नेपालगञ्ज सरुवा गरिएकाे छ । कारागार बाजुरामा अहिले ४९ कैदीबन्दी र १८ जना थुनुवा छन् । यसमा १८ जना थुनुवालाई अछाम र ४९ जना कैदीबन्दीलाई नेपालजञ्ज पठाएको हो ।कारागार बाजुराको भवन नयाँ निर्माण गरिने भएकाले उनीहरुलाई अछाम र नेपालगञ्जमा सरुवा गरिएको कारागार बाजुराले जनाएको छ । सहरी विकास डोटी र भवन निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीले कारागार खाली गर्न पत्राचार दिएको थियो ।

    images
    images

    त्यसै पत्रको आधारमा कारागार बाजुराले पनि जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गरेको हो ।  त्यसपछि जिल्ला प्रशासनले यहाँका कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँलाई पत्र पठाएको थियो ।यतिबेला कारागार विभाग व्यवस्थापन काठमाडौँले सो पत्रचारको आधारमा यहाँका कैदी बन्दीलाई नेपालगञ्ज सुरुवा गर्न अनुमति दिएपछि बाजुराका सबै कैदीबन्दीलाई नेपालगञ्ज पठाएको कारागार बाजुराले जनाएको छ ।

    विंस.२०३७ मा २५ जना कैदी राख्ने क्षमताको कारागारमा हाल ६७ जना कैदी तथा थुनुवा बस्ने गरेका थिए । कैदीबन्दीले पटक–पटक कारागार पुरानो र जीर्ण बन्दै गएको र यसकाे मर्मत सम्भार गर्नुपर्ने माग राख्दै आएका थिए ।सघन सहरी विकासअन्तर्गतको पुनर्निर्माण प्राधिकरणको नौ करोड ३५ लाखमा यतिबेला बाजुरामा सुविधासम्पन्न कारागार निर्माण हुने प्रशासक अनिलकुमार तिवारीले बताउनुभयो ।

    images
    images

    उहाँले भन्नुभयो, “यसको सबै टेन्डर भएर असोजदेखि यसको काम सुरु हुने भएको छ । भवन निर्माणका लागि सघन सहरी विकास कार्यालय डोटीले जिम्मा लिएको छ । त्यसले सबै काम सम्पन्न गरेपछि मात्र हामीले त्यसलाई अनुगमन गर्दै स्वीकृत गर्ने मात्र हो ।”अहिलेको नयाँ बन्ने कारागारमा ७५ जना पुरुष र २५ जना महिला गरी जम्मा सय जना क्षमताको कारागार बन्ने भएको छ । यसकाे बाहिर प्रशासन, सुरक्षागार्ड भवन, शौचालय र  पर्खालभित्र खेल मैदान, खानेपानी र भौतिक संरचनाहरु रहने गरी नयाँ कारागार बन्न लागेको तिवारीले बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend