काठमाडौँ । असोज ५, गय राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा भने आंशिक बदलीको सम्भावना छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य पहाडी भूभागका एकदुई स्थानमा मध्यम खालको वर्षा हुन सक्नेछ।
आजका लागि पूर्वानुमान अनुसार कोशी प्रदेश सहित बागमती प्रदेशको पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने जनाइएको छ। साथै, कोशी र बागमतीका पहाडी क्षेत्रका केही स्थानहरूमा, अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र तराई क्षेत्रका एकदुई स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले वर्षा हुन सक्ने स्थानहरूमा सतर्क रहन आग्रह गरेको छ।




.gif)





