images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • दसैँतिहारमा सडक अवरुद्ध हुन नदिन डिभिजन...

दसैँतिहारमा सडक अवरुद्ध हुन नदिन डिभिजन कार्यालय भक्तपुरको विशेष सतर्कता

दसैँतिहारमा सडक अवरुद्ध हुन नदिन डिभिजन कार्यालय भक्तपुरको विशेष सतर्कता

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौँ । काभ्रेपलाञ्चोक, एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत बनाएको बिपी राजमार्ग पुनः मर्मत गरिने भएको छ। दसैँतिहारको चापलाई ध्यानमा राख्दै सडक अवरुद्ध हुन नदिन डिभिजन सडक कार्यालय भक्तपुरले मर्मत कार्य सुरु गर्ने जानकारी दिएको छ।

    images
    images

    राजमार्गको अस्थायी रूपमा बनाइएको सडक अहिले पनि जोखिममा रहेकाले, यसपटक थप क्षति हुन नदिन विशेष सतर्कता अपनाइनेछ। चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्ती क्षेत्रमा ग्याबिन जाली सहित पर्खाल लगाइएको छ भने, सम्भावित अवरोध तत्काल हटाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ।

    कार्यालय प्रमुख सिनियर डिभिजन इञ्जिनियर सुमन योगेशका अनुसार, “दसैँतिहार जस्ता चाडपर्वमा सडक बन्द हुन नदिन खाल्डाखुल्डी पुरेर ग्रेडिङ, रोलिङ गर्दै सुधार गर्ने काम अघि बढाइएको छ।”

    images
    images

    वि।सं। २०८१ को असोजमा आएको बाढीपहिरोले ८ किमी सडक पूर्ण रूपमा बगाएको थियो भने २९ किमी सडकखण्ड क्षति भएको थियो। त्यसलाई चार भागमा विभाजन गरेर दुई वर्षभित्र पुनःनिर्माण गर्ने लक्ष्य सहित तीन ठेक्का प्याकेजमा काम अगाडि बढाइएको छ।

    जाइका (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग) ले पिप्ले–बर्खेखोला खण्ड (३.२ किमी) को काम गर्नेछ भने बाँकी खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। स्थायी निर्माण कार्य मनसुन पछिको समय देखि सुरु हुने जनाइएको छ।

    हाल बिपी राजमार्गमा दैनिक करिब ३,००० सवारीसाधन गुड्छन् भने चाडपर्वको समयमा तीनगुणा बढी ट्राफिक हुने अनुमान गरिएको छ। विगतमा रातको समयमा सवारीमा रोक लगाइएको भए पनि अब २४सै घण्टा सवारी सञ्चालनमा ल्याइएको छ।

    सरकारले बिपी राजमार्ग पुनःनिर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुरलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको खुर्कोट सडक खण्डका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

    बिपी राजमार्ग काठमाडौंलाई मध्यपहाडी र पूर्वी नेपालसँग जोड्ने छोटो र महत्त्वपूर्ण मार्गका रूपमा चिनिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend