images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • मनसुन अझै सक्रिय भएकाले सडकको अवस्था...

मनसुन अझै सक्रिय भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध

मनसुन अझै सक्रिय भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौँ । यात्रा गर्नुपूर्व आवश्यक सतर्कता अपनाउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।आइतबार विभागले एक सूचना सार्वजनिक गर्दै केही समय मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले आकलन गरेकाले र वर्षाका कारण सडक अवरुद्ध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको हो । 

    images
    images

    विभागले भनेको छ, ‘नेपालीहरूको महान चाड बडा दसैँ, तिहार र छठ जस्ता पर्वहरू नजिकिँदै गरेको र सोही अवसरमा अधिकांश यात्रुहरूले आ–आफ्नो थातथलो गन्तव्यस्थलसम्म जान इच्छुक रहेको अवस्थामा मौसम पूर्वानुमान महशाखाबाट अझ केही समय मनसुन सक्रिय रहने आकलन गरिएको र वर्षाका कारण राजमार्गका कतिपय सडकखण्डहरु अवरुद्ध भएको पाइएकोले यात्रा गर्नुपूर्व आफ्नो गन्तव्य स्थलसम्म पुग्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सम्पूर्ण महानुभावहरूमा अनुरोध छ ।’

    image

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend