images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री कार्की र नाडाका प्रतिनिधिबीच अटोमोबाइल...

प्रधानमन्त्री कार्की र नाडाका प्रतिनिधिबीच अटोमोबाइल व्यवसायमा परेका प्रभावबारे छलफल

प्रधानमन्त्री कार्की र नाडाका प्रतिनिधिबीच अटोमोबाइल व्यवसायमा परेका प्रभावबारे छलफल

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शुशिला कार्कीसँग भेट गरी देशको बर्तमान जटिल अवस्था र त्यसले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे विस्तृत छलफल गरेको छ।प्रधानमन्त्री निवासमा भएको सो भेटघाटमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्य सचिव एकनारायण अर्यालको समेत उपस्थिति थियो।

    images
    images

    छलफलका क्रममा अध्यक्ष चौधरीले नाडा ४९ वर्ष पुरानो संस्था भई सातै प्रदेशमा अटोमोवाइल व्यवसायको प्रतिनिधित्व गर्दै आएको भए पनि सरकारलाई आवश्यक जानकारी दिन नसकिएको दुखेसो पोख्दै, सरकारले नाडाले अघि सारेका केही मुख्य सुझावहरूलाई मात्र सम्बोधन गरे पनि व्यवसायलाई गतिशील बनाउन सकिने धारणा राखे।उनले व्यवसायीहरूको सुरक्षासँगै देशमा शान्ति र अमन चयनलाई सबैभन्दा महत्वपूर्ण ठहर गर्दै, सरकारको सहकार्यमा व्यवसायीको उत्थानका लागि रोडम्याप तयार पार्नुपर्ने आवश्यकता औंल्याए।

    नाडाले अटोमोवाइल व्यवसाय सुदृढ बनाउन २२ बुँदे सुझाव प्रधानमन्त्रीलाई पेश गरेको छ। जसमा विशेषगरी पेट्रोलियम आधारित सवारी साधनलाई बैंकमार्फत सहज कर्जा प्रवाह गर्न ६० प्रतिशत सीमालाई बढाएर ८० प्रतिशत पु¥याउनुपर्ने, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ का कारण व्यवसायमा परेको असर न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालयमार्फत आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ। साथै, हालै गठन भएको उद्योग प्रवद्र्धन परिषदमा नाडाको समेत प्रतिनिधित्व गराउन आग्रह गरिएको छ।

    images
    images

    प्रधानमन्त्री कार्कीले व्यवसायीहरूले राखेका सुझावहरूलाई मनन गर्दै आन्दोलनका कारण व्यवसायमा परेको क्षति र कठिनाइबारे सरकार गम्भीर रहेको बताइन्। आफू कानून व्यवसायी भएकोले उद्योग(व्यवसायका विषयमा विस्तृत ज्ञान नभएको स्वीकार गर्दै पनि व्यवसायीहरू सधैं आन्दोलन र विपदबाट प्रताडित हुनुपरेकोमा सहानुभूति व्यक्त गरिन्।कार्कीले नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भए पनि विपद आउँदा अठोटका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै सरकार सदैव व्यवसायीहरूसँग रहने प्रतिवद्धता जनाइन्। उनले निजी उत्पादनलाई उच्च प्राथमिकता दिइने, व्याजदरमा सहुलियत दिने, भन्सार शुल्क घटाउने र उद्योगलाई प्रोत्साहन गर्ने नीति अपनाइने स्पष्ट पारिन्। साथै, बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाउन सरकारले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।भेटघाटमा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकालको पनि उपस्थिति रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend