images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी...

सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी फरार भएकोमा ८४५ जनामात्रै कारागार फर्किए

सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी फरार भएकोमा ८४५ जनामात्रै कारागार फर्किए

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • धनगढी । जेनजी आन्दोलनका बेला सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारमा भएको तोडफोड र अराजकताको फाइदा उठाउँदै ठूलो संख्यामा कैदीबन्दीहरू भागेका थिए। प्रदेश प्रहरीका अनुसार १ हजार ४ सय ५८ जना कैदीबन्दी फरार भएकोमा अहिलेसम्म ८४५ जना मात्रै कारागार फर्किएका छन्। बाँकी ६ सय १३ जना अझै सम्पर्कमा आएका छैनन्।

    images
    images

    फरार हुनेमा लागूऔषध, हातहतियार, चोरी जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका कैदीहरू पनि छन्। खासगरी कैलाली र कञ्चनपुरका कारागारबाट भागेका २१ जना भारतीय कैदीमध्ये २० जना अझै पक्राउ परेका छैनन्। कैलाली कारागारमा एकजना भारतीय कैदी मात्रै फर्किएका छन्।प्रदेश प्रहरी कार्यालयका अनुसार, फरार कैदीहरू भारततर्फ भागेको हुनसक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी बढाइएको छ। 

    उनीहरूको खोजीका लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको छ। प्रहरीले फरार कैदीहरूलाई देखेमा तुरुन्तै खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सुरुमा त्रासको वातावरण भए पनि केही कैदीहरू फर्कन थालेपछि अवस्था सामान्य बन्दै गएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend