images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन,...

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन, के भयो कुराकानी ?

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन, के भयो कुराकानी ?

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो भेटघाट हो । विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित थियो,’ बालेन स्रोतले भन्यो ।  

    images
    images

    जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् । भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी सहित सचिवालयका सदस्यहरू थिए । यस्तै मेयर शाहको तर्फबाट सहयोगी कुमार बेन सहितको टोली थियो ।  छलफल करिब ३० मिनेट चलेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend