images

२०८३ आश्विन २ गते

images
images
images

७ हजार ३ सय कैदीबन्दी अझै कारागार बाहिर

७ हजार ३ सय कैदीबन्दी अझै कारागार बाहिर

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौँ । जेनजी प्रदर्शनमा २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दीहरु फरार भएका थिए । प्रदर्शनको क्रममा नाबालक बन्दीसहित १४ हजार ५५६ जना कैदीबन्दी फरार भएका थिए । तिमध्ये आफैं उपस्थित भएका र पक्राउ परेर ७ हजार १८७ जना कारागार फिर्ता भैसकेका छन् ।

    images
    images

    बालसुधार गृह र कारागारबाट फरार भएका ७ हजार ३६८ कैदीबन्दी अझै कारागार बाहिर छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले फिर्ता आउन बाँकी कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताए । अहिले देशभरका कारागार र सुधार गृहमा २२ हजार ८६१ जना कैदीबन्दी छन् ।जेनजी प्रदर्शनको क्रममा नख्खु कारागारबाट रास्वापा सभापति रवि लामिछाने निस्केपछि देशभरबाट कैदीबन्दीले जेल तोडेर निस्केका थिए । जेल तोड्न रोक्ने क्रममा नेपाली सेनाले बल प्रयोग गर्दा १० जनाको मृत्यु भएको छ ।

    जेनजी प्रदर्शनमा अवसर पाए पनि १५ हजार १६२ जना कैदीबन्दी भागेनन् । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे र निर्माण व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समिरमान सिंह बस्नेत भागेनन् । बस्नेत कारागारबाट नभागेको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए । मनाङे डिल्लीबजार कारागारमा छन् ।

    images
    images

    कैदी भागेका कारागार र सुधार गृह

    १. झुक्का

    २. सोलुखुम्बु

    ३. सप्तरी

    ४.महोत्तरी

    ५.रौतहट

    ६.सिन्धुली

    ७. नख्खु

    ८.जगन्नाथदेवल

    ९. डिल्लीबजार

    १०. मकवानपुर

    ११. रसुवा

    १२. चितवन

    १३. तनहुँ

    १४. कास्की

    १५ .पर्वत

    १६. म्याग्दी

    १७. कपिवलस्तु      

    १८. तुलसीपुर

    १९. नौबस्ता

    २०. रुकुम पश्चिम

    २१. नवलपरासी

    २२. जुम्ला

    २३. बझाङ

    २४. कैलाली

    २५. दार्चुला

    २६. बैतडी

    २७. डडेल्धुरा

    २८. कञ्चनपुर

    सुधारगृहतर्फ :

    १. मोरङ

    २. पर्सा

    ३. भक्तपुर

    ४. मकवानपुर

    ५. कास्की

    ६. रुपन्देही

    ७. जयन्दु

    ८. नौबस्ता

    ९. डोटी । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend