images

२०८३ आश्विन २ गते

images
images
images

दसैँको चटारोः घटस्थापनापछि तीन दिनमै १ लाख ३८ हजार बढीले छाडे काठमाडौँ

दसैँको चटारोः घटस्थापनापछि तीन दिनमै १ लाख ३८ हजार बढीले छाडे काठमाडौँ

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौँ । असोज ९, घटस्थापना पछिका तीन दिनमा काठमाडौँ उपत्यकाबाट १ लाख ३८ हजार २९६ यात्रु बाहिरिएका छन्। दसैँ मनाउन आ–आफ्नो घर फर्किने क्रम तीव्र बनेसँगै काठमाडौँ छाड्ने यात्रुको सङ्ख्या दिनहुँ बढ्दो छ।

    images
    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनाको दिन (असोज ६ गते) ४० हजार ९२३ जना, असोज ७ गते ३९ हजार ८१४ जना र असोज ८ गते ५७ हजार ५५९ यात्रुले उपत्यका छाडेका छन्।

    प्रहरी उपरीक्षक (एसपी) तथा कार्यालयका प्रवक्ता नरेश सुवेदीका अनुसार अध्ययन, व्यापार, रोजगारीका लागि उपत्यका आएका सर्वसाधारण दसैँ मनाउन घर जान थालेका हुन्। यात्रुहरू मुख्यतः थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उपत्यका बाहिरिएका छन्।

    images
    images

    यसबीच, मौसमका कारण यात्रामा केही अवरोध उत्पन्न भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वारले पानीका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधन आवतजावतमा समस्या भएको जानकारी दिए।
    “मुग्लिङ–नारायणघाट सडक खण्डमा पहिरोका कारण घण्टौँसम्म सवारी साधन रोकिएका छन्,” उनले भने, “बस समयमै काठमाडौँ नपुग्दा यात्रुलाई गन्तव्यतर्फ पठाउन समस्या भएको छ।”

    दसैँ नजिकिँदै जाँदा गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको चाप समेत उल्लेख्य रुपमा बढेको छ। बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार सामान्यतया दैनिक २५० बस छुट्ने नयाँ बसपार्कबाट अहिले दैनिक ५०० बस बाहिरिन थालेका छन्।

    यात्रुहरूलाई सहजिकरण गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष पनि स्थापना गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend